PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

​राजिनामा आग्रह अस्वीकार गरेपछि भारतका राजदूत उपाध्याय बर्खास्त



पहिलोपोस्ट

​राजिनामा आग्रह अस्वीकार गरेपछि भारतका राजदूत उपाध्याय बर्खास्त

काठमाडौं: सरकारको आग्रहअनुसार राजिनामा नदिएपछि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई शुक्रवार बर्खास्त गरिएको छ। बुधवार सरकारले राजदूत उपाध्यायलाई राजिनामा गर्न आग्रह गरेको थियो।

डेढ वर्ष अघि भारतका लागि राजदूत नियुक्त उपाध्यायले सरकारको आग्रहबमोजिम राजिनामा नगरेपछि तीन आरोप लगाएर शुक्रवार बर्खास्त गरिएको हो।

राजदूत उपाध्यायमाथि सरकारलाई जानकारी नदिई कार्यक्षेत्र छाडेर हिंडेको आरोप लगाइएको छ। नेपालमा सरकार परिवर्तनको चलखेल हुँदा उनी परराष्ट्रसँग विनाअनुमति काठमाडौं आएका थिए। त्यसैगरी उनले भारतका विभिन्न शहरमा आयोजना गरिएको कार्यक्रममा जाँदा समेत सरकारसँग अनुमति मागेका थिएनन्।

राजदूत उपाध्यायमाथि नेपालका लागि भारतीय राजदूत रणजित रायसँग मिलेर मधेशी आन्दोलनलाई उचालेको आरोप समेत छ। मधेशी दलका नेतालाई भारतमा बसेर तथा नेपालमा आउँदा मधेशका जिल्ला घुमेर सघाएको आरोप उनीमाथि लगाइएको छ।

त्यसैगरी केपी ओली नेतृत्वको सरकार ढाल्न सहयोगी भूमिका खेलेको आरोप समेत उनीमाथि लगाइएको परराष्ट्र स्रोतले जानकारी दियो। उहाँलाई बुधवारै राजिनामा गर्न आग्रह गरिएको थियो तर राजिनामा नगरेपछि शुक्रवार बर्खास्त गरिएको हो स्रोतले भन्यो।

भारतमा राजदूत नियुक्त हुनु अघि उपाध्याय नेपाली काँग्रेसका केन्द्रीय सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell