PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​राजदूत फिर्ता बोलाएकोमा कांग्रेसको आपत्ति, विपक्षीको रिसले सम्बन्ध बिगार्न खोजेको आरोप



रमेश वाग्ले

​राजदूत फिर्ता बोलाएकोमा कांग्रेसको आपत्ति, विपक्षीको रिसले सम्बन्ध बिगार्न खोजेको आरोप

काठमाडौँ : भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कडा आपत्ति जनाएको छ। विपक्षीसँगको रिसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप कांग्रेस सांसद प्रकाशशरण महतले लगाए।

शनिबारको संसद बैठकमा उनले भने, 'सत्ता गठबन्धनले राजदूतमाथि सरकार ढाल्न योजना बनाएको लगायतका आरोप लगाएको छ। यही सरकारको प्रमुख घटक एमाओवादीले विज्ञप्ति जारी गरेको छ। उपप्रधानमन्त्री बहाल रहेका विजय गच्छदारले तीन महिनमा सरकार ढल्छ भनेका छन्। के प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका छन्?' 

'भारतस्थित राजदुतले भनेर नै प्रचण्डजीले सरकारको समर्थन फिर्ता लिन खोजेको हो?', महतले सोधे, 'सक्नुहुन्छ भने हामीसँग सवाल जवाफ गर्नू। तर दुईपक्षीय सम्बन्धमा समस्या आउने कुटनीतिक रुपमा अप्ठेरो र अपरिपक्व काम गरेको छ यो सरकारले।' 

'राष्ट्रपतिको भ्रमण कायम राख्नुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो भनेर समाचार आएको छ। तर यताबाट भ्रमण रोक्ने काम गरेको भन्ने आरोप लगाइएको छ। देशको अन्तराष्ट्रिय सम्बन्धमा खतरनाक असर पर्ने काम सरकारले गरेको छ', उनले भने।  

तीन गम्भीर आरोप लगाउँदै भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले शुक्रबार फिर्ता बोलाउने निर्णय गरेको थियो। 
(फोटो स्रोत : हफिङ्गटन पोस्ट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell