PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

संसदमा कांग्रेसको चेतावनी : एनसेलको कर व्यक्तिगत फाइदाका लागि छाडे प्रतिपक्ष चुप बस्दैन



रमेश वाग्ले

संसदमा कांग्रेसको चेतावनी : एनसेलको कर व्यक्तिगत फाइदाका लागि छाडे प्रतिपक्ष चुप बस्दैन

काठमाडौँ : मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको बिक्रीमा तिर्नुपर्ने अर्बौँको कर सरकारमा बसेकाहरुको व्यक्तिगत फाइदाका लागि छाडिएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ। 

शनिबार संसद बैठकमा बोल्दै कांग्रेस सभासद् प्रकाशशरण महतले भने, 'यो खतरनाक काम भएको छ। अरबौँ रुपैयाको कर छली भएको समाचार आएको छ। राज्यको अरबौँ रुपैयाँ व्यक्तिका फाइदाका लागि  छाडेर यस्ता कारोवार हुन्छन् भने प्रतिपक्ष आँखा चिम्लेर बस्दैन।' 

​उनले अगाडि भने, 'यहाँको ट्याक्स तिरेपछि मात्र विदेशमा वा अन्य मुलुकमा कारोवारको अधिकार दिनुपर्छ। सरकारले यहाँ कमजोरी गरेको छ।'
कांग्रेसकै सभासद् गगन थापाले एनसेलको विषयमा कर उठाउन सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता गराइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell