PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

राष्ट्रपतिको भ्रमण किन रद्द? राजदूत किन फिर्ता? संसदमा परराष्ट्र मन्त्रीले प्रष्ट पार्ने



रमेश वाग्ले

राष्ट्रपतिको भ्रमण किन रद्द? राजदूत किन फिर्ता? संसदमा परराष्ट्र मन्त्रीले प्रष्ट पार्ने

काठमाडौँ : सम्पूर्ण तयारी पूरा भइसक्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्ने र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले संसदमा प्रष्ट पार्ने भएका छन्। 

मन्त्री थापाले अपराह्न ४ बजे स‌ंसदमा यसबारे बोल्ने तय भएको छ। 

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजदूत फिर्ता बोलाइएकोमा कडा आपत्ति जनाएको थियो। 

'भारतस्थित राजदुतले भनेर नै प्रचण्डजीले सरकारको समर्थन फिर्ता लिन खोजेको हो?',  कांग्रेस सा‌ंसद प्रकाशशरण महतले सोधेका थिए, 'सक्नुहुन्छ भने हामीसँग सवाल जवाफ गर्नू। तर दुईपक्षीय सम्बन्धमा समस्या आउने कुटनीतिक रुपमा अप्ठेरो र अपरिपक्व काम गरेको छ यो सरकारले।' 

देशको अन्तराष्ट्रिय सम्बन्धमा खतरनाक असर पर्ने काम सरकारले गरेको उनको आरोप थियो। 

सरकार ढाल्न लागिपरेको लगायत तीन गम्भीर आरोप लगाएर भारतस्थित नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको अनौपचारिक जानकारी मिडियामा आए पनि सरकारले आधिकारिक रुपमा केही बताइसकेको छैन। सरकारका तर्फबाट यो आधिकारिक वक्तव्य हुनेछ। 

भारतीय मिडियामा समेत उपाध्यायले अन्तिम समयमा राष्ट्रपतिको भ्रमण रद्द गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीलाई फोन गरेको र ओलीले त्यसलाई नरुचाएको खबर आएको छ। 

सम्बन्धित समाचार
भारतीय मिडिया लेख्छ- नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो
मोदी नेपाल भ्रमणमा नआउने र राष्ट्रपति भारत भ्रमणमा नजाने घोषणा २४ घण्टाको अन्तरालमा
राष्ट्रपति भण्डारीको भ्रमण रद्द हुँदा दिल्ली 'सरप्राइज्ड'
सरकार ढल्नबाट जोगिएलगत्तै भारतलाई सरकारको दुई सरप्राइज : राष्ट्रपतिको भ्रमण रद्द, दूत फिर्ता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell