PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१७ फोटोमा हेर्नुस् यसरी मनाइयो फिमेल राइड डे, जिमखानामा वर्षा बनिन् पहिलो

१७ फोटोमा हेर्नुस् यसरी मनाइयो फिमेल राइड डे, जिमखानामा वर्षा बनिन् पहिलो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रत्येक वर्ष मे महिनाको पहिलो शनिबार मनाइने ‘इन्टरनेसनल फिमेल राइड डे’ नेपालमा पनि मनाइयो। यो अवसरमा स्कुटर र्‍याली र जिमखाना गरियो। 

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कम्पाउन्डबाट प्रारम्भ भएको महिला स्कुटर राइडरहरुको टोली गोदावरी पुगेको थियो। गोदावरीमा गरिएको  जिमखानामा वर्षा बस्नेतले पहिलो, नीता डिसीले दोस्रो र आज्ञा खनालले तेस्रो स्थान हासिल गरिन्। 

मोटरसाइकल रेसिङको पहिलो चरणलाई जिमखाना भनिन्छ। यसमा मोटरसाइकल वा स्कुटरलाई बांगोटिंगो सर्किटमा निश्चित समयमा निश्चित नियमका साथ घुमाउनु पर्छ। 

संसारको जुनसुकै स्थानमा भए पनि महिलाहरु पनि मोटरसाइकल वा कुनै पनि सवारी साधन चढ्न र त्यसैमा रमाउन चाहन्छन् र सो चाहना पुरा गर्नुपर्छ भन्ने यो दिवसको सन्देस हुन्छ। ‘जहाँ, जसरी र जे चढे पनि शनिबार तपाईँकै राइड डे हो’ भन्ने यसको भनाइ छ। 

नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को तत्वाबधानमा मनाइएको उक्त राइड डेको व्यवस्थापन राइडर्स युनिफाइडले गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell