PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

सिक्किमका मिलन प्रधानको जावलाखेलमा बाइक स्टन्ट, हेर्नुस् आङ सिरिङ्ग पार्ने १७ फोटो

सिक्किमका मिलन प्रधानको जावलाखेलमा बाइक स्टन्ट, हेर्नुस् आङ सिरिङ्ग पार्ने १७ फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


मिलन प्रधान भारत सिक्किमका चर्चित बाइक स्टन्ट राइडर हुन्। उनले एक साताअघि काठमाडौं न्युरोडको संकटा मन्दिरछेउको ब्याडमिन्टन कोर्टमा बाइक स्टन्ट गरेपछि पब्लिक डिमान्डका कारण यो शनिबार जावलाखेलमा स्टन्ट देखाए।

उनी भारतको पूर्वोत्तर क्षेत्रमा बाइक स्टन्टबाटै चर्चित छन्। २ सय भन्दा बढी प्रोफेसनल बाइक स्टन्ट प्रतियोगितामा सहभागी भएका उनले काठमाडौंमा पनि वाहवाही पाए।

आम रुपमा त्यति चर्चित नभइसकेको तर युवा पुस्तामाझ लोकप्रिय हुँदै गइरहेको बाइक स्टन्ट सो मा उनलाई काठमाडौं ल्याएको थियो राइडर्स युनिफाइडले। यो काठमाडौंमा बाइक स्टन्ट गर्नेहरुको क्लब हो। 

खासमा उनी सिक्किममा ब्यापार गर्छन्। बाइक स्टन्टचाहिँ उनको सौख हो। 

उनले भारतको बेंगलोर,कलकत्ता लगायत अरु शहरहरुमा पनि बाइक स्टन्ट सो हरुमा भाग लिएका छन्। मिलनले महिनामा ३/४ वटा बाइक स्टन्ट सोहरुमा भाग लिइरहेका हुन्छन्।  सन् २०१५ मा भारतको बाइक स्टन्ट च्याम्पियनसिप स्टन्ट ब्रोलमा उनी उत्कृष्ट ४ भित्र परेका थिए।

हेर्नुस् मिलनको स्टन्टका १७ फोटो इलिट जोशीको क्यामेराबाट


ट्रेन्डिङ पोस्ट

Ncell