PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

​लौ हेर मोदीको मार्कसिट, केजरिवाललाई गाली



पहिलोपोस्ट

​लौ हेर मोदीको मार्कसिट, केजरिवाललाई गाली

गत साता अनवरत रुपमा अरविन्द केजरिवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पढाइमाथि प्रश्न गरिरहे। त्यसैको उत्तर लिएर भारतीय जनता पार्टीले नै मोदीको कलेजका सर्टिफिकेटहरु मिडियासामु सार्वजनिक गरेका छन्। मोदीको सर्टिफिकेट सार्वजनिक गर्न शीर्ष नेताहरु अमित साह र अरुण जेटली नै उपस्थित भए।

'अरविन्द केजरिवालले प्रधानमन्त्रीका बारे झुटा प्रचार गरिरहे। प्रधानमन्त्रीको अपमान नै गरिरहे। अब उनले माफी माग्नुपर्छ,' भाजपा अध्यक्ष अमित साहले भने।

आम आदमी पार्टीले गत सातादेखि प्रधानमन्त्री मोदीको बीएको सर्टिफिकेट नक्कली भएको दावी गर्दै आएको थियो। मुख्यमन्त्री समेत रहेका केजरिवालले दिल्ली युनिभर्सिटीलाई पत्र लेखेर मोदीको सर्टिफिकेटबारे जानकारी मागेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell