विश्वका सबैभन्दा सम्मानित शिक्षालयमा फेरि पनि बेलायती र अमेरिकन शैक्षिक संस्थाले नै अरुलाई पछि पारेका छन्। टाइम्स हायर एजुकेसनले जारी गरेको प्रेस्टिजिअर युनिभर्सिटीको सूचीमा बेलायती र अमेरिकन युनिभर्सिटीको दवदवा देखिएको हो।
इन्भेटिसन - वन्ली ओपिनिअन सर्भेका आधारमा यो सूची तयार भएको हो। विश्वका १० हजार स्कलरले यसमा मत जाहेर गरेका छन्।
अमेरिकाले शीर्ष १० को सूचीमा ८ स्थान ओगट्यो भने बाँकी दुई बेलायतले।
सूची अनुसार हार्वर्डले आफूलाई १ नम्बरमा कायम राख्यो। क्याम्ब्रिज र अक्सफोर्डलाई उछिन्दै एमआइटी र स्ट्यानफोर्डले आफ्नो पोजिसन गत वर्षभन्दा सुधार गरेका छन्। शीर्ष १० को सूचीमा खासै परिवर्तन आएको छैन।
गएका ५ वर्षमा अमेरिका र बेलायत बाहेकका मुलुकले शीर्ष १० मा स्थान पाउन सकेनन्।
जापानको युनिभर्सिटी अफ टोकियोले सन् २०११ र २०१२ मा आठौं तथा २०१३ मा सूचीको ९ औं स्थान पाउन सकेको थियो। यो वर्ष जापानको यो युनिभर्सिटी १२ औं स्थानमा छ।
१०० उत्कृष्ट युनिभर्सिटीमध्ये ४३ संयुक्त राष्ट्र अमेरिकामा मात्रै छ र शीर्ष १० मा उसकै दवदवा कायम छ। तर एसियाली युनिभर्सिटीहरु पनि प्रेस्टिजियस बन्दै गइरहेको सर्भेले देखाउँछ।
१०० उत्कृष्टको सूचीमा १८ एसियाका युनिभर्सिटीले ठाउँ बनाएका छन्। चीनको सिंङगाउ युनिभर्सिटी र पेकिङ युनिभर्सिटीले शीर्ष १० बाहेकको गन्तीमा क्रमश: आठौं र ११ औं स्थान पाएका छन्।
एसियाली मुलुकका युनिभर्सिटीले आफूलाई बलियो बनाइरहँदा युरोपका कैयन मुलुकहरुले भने गुमाइरहेका छन्। बेलायत एक्लैले शीर्ष १०० मा १० स्थान लिएको छ। १० मा ७ युनिभर्सिटीको स्थान तलतिर झरेको छ भने दुई बेलायती विश्वविद्यालय यो सूचीबाटै बाहिरिएका छन्।
जर्मनीका ६ मध्ये ४ युनिभर्सिटी सूचीबाट बाहिरिएका छन् भने नेदरल्यान्डका ५ मध्ये ४ युनिभर्सिटी पनि बाहिरिएका छन् शीर्ष १०० को सूचीबाट।
बर्ल्ड इकोनोमिक फोरमबाट