PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

चार महिलाको उपसभामुखमाथि आरोप - भयो यौन अपराध : गरे राजिनामा



पहिलोपोस्ट

पेरिस : फ्रान्सको संसदका उपसभामुख डेनिस वाउपिनले यौन उत्पीडन गरेको आरोप लागेपछि सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
 
वाउपिनमाथि चार जना महिलाले आफूलाई यौन अपराध गरेको दाबीका साथ अदालतमा मुद्दा दायर गरेपछि नैतिकताको आधार देखाई राजीनामा दिएका हुन्।
 
यद्यपि वाउपिनले आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएका छन्।
 
यकोलोजिस्ट ईईएलभी पार्टीबाट उपसभामुख निर्वाचित बनेका वाउपिनले फ्रान्सकै आवास योजना मन्त्री इमान्युल कोजसँग विवाहित जीवन बिताउँदै आएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell