PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मुटुमै प्रहारपछि नेपाली पीडामा चिच्याएका हुन् : दीपकुमार उपाध्याय



पहिलोपोस्ट

मुटुमै प्रहारपछि नेपाली पीडामा चिच्याएका हुन् : दीपकुमार उपाध्याय

काठमाडौं : केपी ‌ओली नेतृत्वको सरकारले असहयोग गरेको आरोप लगाउँदै फिर्ता बोलाएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो कदमको बचाउ गर्दै नेपालमा रहेका भारतीय राजदूतले पनि नेपाल विरोधी गतिविधि नगरेको दावी गरेका छन्।
 
राजदूत उपाध्यायले भारतबाट आपूर्ति अवरोध भएपछि नेपालमा आक्रोश बढेको बताए। उनले भने, 'यो आवेग हो। मुटुमै प्रहार गरेपछि तपाईँ पनि पीडाको चित्कार निकाल्नुहुन्छ।' उनको भनाईलाई भारतीय पत्रकार शेखर गुप्ताले यसरी ट्विट गरेका छन् :
 

नेपालको भूगोल र इतिहास परिवर्तन नहुने बताउँदै उनले चीनले नेपाल सम्बन्धमा भारतलाई विस्थापित गर्न नसक्दै दावी गरे। 'चीनले विस्थापित गर्छ भनेर भारतले चिन्ता लिनु पर्दैन,' उनले भने।

'मलाई अघिल्लो सरकारले नियुक्त गरेको हो। नयाँ सरकारले मलाई फिर्ता बोलायो। तर यो सम्मानपूर्वक पनि गर्न सकिन्थ्यो,' उपाध्यायले भने।
फोटो : ​http://atimes.com/
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell