PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​हेर्नुस् १० फोटो, झरीपछि कस्तो देखियो काठमाडौंको सडक?



समर्थ रञ्जित

काठमाडौं  : मंगलबार दिउँसो काठमाडौं लगायत देशका धेरै ठाउँमा मंगलबार दिउँसो पानी परेको छ। दिउँसोको समयमा पानी परेपछि बटुवा, सर्वसाधारण र मोटरसाइकल चालक समस्यामा परेका छन्। कामविशेषले पैदल हिँड्नुपर्नेहरु पानी परेपछि रुझेका छन् भने कतिपयले छाता सेयर गरेर ओढेका छन्। रेनकोट नभएका मोटरसाइकल चालकले सडक छेउमा नै रोकेर बसेका छन्।

काठमाडौंमा सामन्य पानी पर्ने बित्तिकै सडक हिलो भइहाल्ने र कतिपय ठाउँमा मर्मतका क्रममा सडक खनिएकाले धेरै हिलो छ।

देशका धेरै ठाउँमा वर्षा

देशका सबैजसो पहाडी क्षेत्र र पश्चिम तराईमा बदली भइ दिउँसोदेखि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले पश्चिमका सबैजसो क्षेत्र तथा मध्य र पूर्वका पहाडी क्षेत्रमा सामन्य वर्षा भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। अहिले प्रि मनुसन सिजन भएकाले दिउँसो र साँझपख पानी पर्छ तर यो कन्टिन्यु हुँदैन' उनले भनिन् 'विहानपख मौसम खुल्ने र दिउँसोदेखि बदली भएर साँझसम्म पानी पर्नसक्छ।'

लामो खडेरीपछि पानी परेकाले खेती लगाउने किसानलाई राहत भएको छ। लामो खडेरीपछि पानी परेपनि ठूलो पानी पर्ने सम्भावना भने कमै रहेको मौसमविदहरुले बताउँदै आएका थिए। प्रशान्त महासागरमा देखिएको मौसमी प्रणाली एलनिनोको प्रभावका कारण कम पानी परेको उनीहरुले बताएका थिए। मौसमविद शान्ति कँडेलले प्रि मनसुनदेखि एलनिनोको प्रभाव कम हुँदै गएकव देखिएको बताइन्। 'एलनिनोको प्रभाव कम हुँदै जाने देखिएको छ, त्यसैले मनसुन नर्मल हुनसक्छ।'

फोटोहरु : इलिट जोशी


















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell