PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

७२ वर्षको उमेरमा आमा बनिन् दिलजिन्दर



पहिलोपोस्ट

७२ वर्षको उमेरमा आमा बनिन् दिलजिन्दर

अमृतसर : मोहिन्दर सिंह गिल र उनकी पत्नी दिलजिन्दर कौरलाई सन्तान जन्माउने रहर पूरा गर्न ४६ वर्ष लाग्यो।

अप्रिल १९, २०१६ मा यो जोडीको बालक जन्मिए जसलाई उनीहरुले नाम दिए - अरमान अर्थात् चाहना। इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) पद्धतीबाट दुई वर्षको प्रयासपछि उनीहरुको ठूलो रहर पूरा हुन सकेको हो। उनीहरुको यो पद्धतिबाट जन्मिएको शिशुको तौल २ किलोग्राम छ। हिसारमा रहेको चिकित्सालयले दिलजिन्दरको उमेर ७२ वर्ष रहेको दावी गरेको छ।
 
टाइम्स अफ इन्डियासँग कुरा गर्दै दिलजिन्दर कौरले भनिन्, 'सबैले मलाई बच्चा एडप्ट गर्नमात्रै भने जुन मलाई रुचि थिएन। मलाई विश्वास थियो एक दिन म आमा हुनेछु। वाहेगुरुले मेरो प्रार्थना सुन्नुभयो।'

तर्न तरान जिल्लाको रसुलपुरमा जन्मेकी उनले मोहिन्दर सिंह गिलवालीसँग सन् १९७० अक्टोबर ७ मा बिहे गरेकी थिइन्।

'दुई पटकको प्रयास असफल भयो तर अन्तत: मसँग मेरो बच्चा छ,' उनले भनिन्।

कृषिविज्ञ गिलले गाउँको जग्गा भाडामा दिएका छन् र अहिले अमृतसरमा बस्छन्।

भर्खरै जन्मिएका अरमानको भविष्यलाई लिएर उनीहरु उत्साहि छन्। उनलाई यो उमेरमा बच्चा जन्माउँदाको अनुभव सोध्यौं। उनले उत्तर दिइन्, 'वाहेगुरुले हामीलाई अरमान सिंह दिएका हुन् र उनैले यसको हेरचाह गर्नेछन्।उसलाई कुनै पनि समस्या हुनेछैन। उ राम्रो स्कुलमा जानेछ।'

उनले सन्तान भएकाहरुलाई आशा नमार्न पनि सुझाव दिइन्। विज्ञ चिकित्सकसँग सुझाव लिन उनको सल्लाह छ।

सन् २००८ मा हरियानाकी राजो देवीले ७० वर्षको उमेरमा सन्तान जन्माउँदा विश्वमै सबैभन्दा धेरै उमेरकी आमा भनिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell