PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्रीले विदेशी राजदूत डाकेर भने : मेरो सरकार क्राइसिसमा छैन



रमेश वाग्ले

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका सबै देशका राजदूतलाई डाकेर आफ्नो सरकार संकटमा नरहेका बताएका छन्। भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा ब्रिफिङका लागि कुटनीतिज्ञ डाकेका प्रधानमन्त्री ओलीले आफ्नो सरकार तत्काल कुनै संकटमा नरहेको बताए।
 
'प्रजातन्त्रमा सबै सरकारहरु आवधिक हुन्छन्। त्यसको मतलव यो सरकार पनि आवधिक नै हो,' प्रधानमन्त्री ओलीले भने, 'तर त्यसको मतलब यो होइन कि यो सरकार क्राइसिसमा छ।' उनले सरकार संविधानको कार्यान्वयनमा जुटिरहेको बताए।
 
भारतीय राजदूत रञ्जित रायसँग प्रम ओली
 
भर्खरै मात्र सरकाले आफ्नो नीति तथा कार्यक्रम संसदमा पेश गरेको भन्दै त्यही अनुरुप बजेट विनियोजन गरेर कार्यान्वयनमा जाने उनले बताए। 'राष्ट्रपति मार्फत् भर्खरै मात्र संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ,' उनल भने, 'अब त्यस अनुरुपको बजेट सहितको कार्यक्रम १६/१७ दिनमा आउने छ।' ओलीले सरकार संविधानको कार्यान्वयनका लागि आवस्यक संरचनाको गृहकार्यमा जुटिरहेको पनि बताए।
 
उनले गत वर्षको भूकम्पबाट भएको क्षतिले नेपाली जनता संकटमा रहेको भन्दै त्यसको पुनर्निर्माणमा सरकार यतिवेला सम्पूर्ण शक्ति लगाएर जुटिरहेको बताए।
 
'हामी संविधान जारी गरेर कार्यान्वयनको ऐतिहासिक मोडमा गुज्रिरहेका छौ,' प्रधानमन्त्रीले भने, 'ठीक यही समयमा हामी गत वर्षको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणमा जुटिरहेका छौं।' उनले करिब आठ लाख घरहरु क्षतिग्रस्त भएको भन्दै नेपालको आफ्नो मात्र प्रयासले त्यो पुनर्निर्माण संभव नरहेको बताए।
 
उनले सरकारी र गैरसरकारी निकायको परिचालन गरेर पुनर्निर्माणको काम भर्खरै थालिएको बताए। उनले पुनर्निर्माणका लागि अधिकारी नियुक्ति योजना निर्माण र बजेट विनियोजन भइसकेको ब्रिफ गरे। उनले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवस्यक भएको पनि कुटनीतिक भाषामै बताए।

मधेसीहरुसँग वार्ता मात्र हैन 'रिजल्ट'

प्रधानमन्त्री ओलीले मधेसी लगायतका असन्तुष्ट दलहरुसँग अब रिजल्ट निकाल्ने गरी वार्ता गर्न लागेको बताए। 'हामीले मधेसी लगायत सविधानमा असन्तुष्ट दलहरुलाई वार्ताका लागि आह्वान गरिसकेका छौं, अब हामी रिजल्ट निकाल्ने गरी वार्ता गर्दै छौं,' उनले जोड दिएर भने, 'हामीले उहाँहरुसँग वार्ता मात्र गर्दै छैनौं रिजल्ट पनि निकाल्दै छौं।'

रिजल्ट निकाल्ने कुरालाई उदाहरण दिन विगतमा हिंसाको अन्त्य गरेको अनुभव सुनाए। 'हाम्रो देशमा लामो समयसम्म हिंसा थियो यो कुरा सारा विश्वलाई नै थाहा छ,' उनले भने, 'त्यसलाई पनि हामीले वार्ताकै माध्यमबाट शान्ति प्रक्रियामा ल्याएर समाधान गरेका हौं।' उनले डेमोक्रेसी भनेको सहनशीलता भएको भन्दै केही विरोधी गतिविधिहरुमा पनि सरकारले सहिष्णु व्यवहार गरिरहेको बताए।
 
संविधानबारे अन्तर्राष्ट्रिय समुदायमा रहेका भ्रम चिर्न, पुनर्निर्माणका लागि थप सहयोगका लागि आह्वान गर्न र असन्तुष्टिहरुलाई सम्धबोधनका लागि जारी राखेको प्रयासका विषयमा कुटनीतिक ब्रिफिङ गर्न डाकेको बैठकमा परराष्ट्र सचिवले स्वागत गरेका थिए भने अहिलेसम्मको प्रयास र उपलब्धिका विषयमा उप-प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले जानकारी दिएका थिए।
 
काठमाडौंको पाँच तारे होटलमा आयोजना गरेको कुटनीतिक ब्रिफिङमा नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु र नेपाल सरकारका सचिवहरु सहभागी थिए। नेपालमा रहेका अधिकांश अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका अधिकारीहरु कार्यक्रममा सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell