PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भारतीय प्रम मोदीकै सांसदको माग : ​नेपालसँगको सीमामा काँडेतार



पहिलोपोस्ट

भारतीय प्रम मोदीकै सांसदको माग : ​नेपालसँगको सीमामा काँडेतार

नयाँ दिल्ली : भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले नेपालप्रति कठोर नीति अवलम्बन गर्दै सीमामा पाकिस्तान र बंगलादेशमा जस्तै 'बार' लगाउनुपर्ने बताएका छन्  

आज लोकसभामा बोल्दै उनले कमजोर मुलुक नेपालले भारतलाई धम्क्याइरहेको आरोप लगाए। नेपालले चीनको आड लिएर भारतलाई धम्क्याउन खोजेको उनले दावी गरे। सदनको शून्य समयमा बोल्दै भाजपा नेता दुबेले नेपालसँगको १४ सय ८५ किलोमिटर दुरीमा पूरै बार लगाउनुपर्ने बताएका हुन्।

नेपाल सरकारले भारतमा रहेको आफ्नो राजदूत नेपाल फिर्ता बोलाएको र नेपालमा रहेको भारतीय राजदूतलाई निस्कासन गर्ने तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका सांसदले भने, 'चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell