काठमाडौं : बौद्ध टुसाल चोकमा रहेको एनआइसी एसिया बैंक रहेको भवनमा आगलागी भएको छ। आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन्।
नेपाली सेनाको सहित ७ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भएको छ। ७ तल्ले घरको दोस्रो तल्लाबाट आगो सल्किएको हो। महानगरीय प्रहरी वृत्त नजिकै घटना भएकाले तत्काल रेस्पोन्स भएको थियो।
भवनको अगाडि भागबाट आगो नियन्त्रण गर्न नसकेपछि पछाडिको भागबाट नियन्त्रणमा लिइएको छ। घरहरु जोडिएर रहेको ठाउँ भएकाले आगलागी फैलन सक्ने सम्भावना अत्याधिक थियो। तर समयमै दमकल आएर नियन्त्रणको प्रयास थालेको थियो।
आगलागी लगत्तै घरमा रहेका मानिसहरुलाई बाहिर निकालिएको थियो। मानवीय क्षति भएको जानकारी आएको छैन। नियन्त्रणमा लिइएको भए पनि पूर्णरुपमा आगो भने निभिसकेको छैन। अन्य घरतिर सल्कने सम्भावना भने सकिएको छ।
फोटो सौजन्य : पत्रकार स्मृति ढुंगाना/ट्विटर
Fire at NIC asia bank building in #Boudha, Kathmandu becoz of transmitter blasted . pic.twitter.com/Eqnb45eP01
— SMRITI DHUNGANA (@aesmriti) May 11, 2016