PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

१ सय रुपैयाँको विवादमा साथीकै हत्या !



मनोज सत्याल

१ सय रुपैयाँको विवादमा साथीकै हत्या !

काठमाडौँ : नयाँ वर्षको भोलिपल्ट गोर्खा छेपटारका श्यामबहादुर मगर काठमाडौंमा ज्यालादारी काम खोज्दै थिए। उनी नयाँ बसपार्क र माछापोखरी चोक पुगे। काम पाइन्छ कि! भनेर सोध खोज गर्न थाले।

साँझ पर्नै लाग्दा उनले चप्पलमा सिमेन्ट लागेका एक व्यक्ति हिँड्दै गरेको देखे। श्यामबहादुरले नजिकै गए। अनि सोधे - मलाई पनि काम दिन सक्नुहुन्छ?
 
रसुवा भोर्लेका कृष्णबहादुर बिश्वकर्माले आफूसँग काम माग्ने श्यामबहादुर मगरलाई सोधे - 'के काम जानेका छौ?'

४७ वर्षका मगरले जवाफमा दिए - 'मलाई गारो लगाउने काम आउँछ।'

साँझ भेटेर काम मागेका मगरलाई कृष्णले आफ्नै घर लिएर गए।
 
२ गते भेटका मगरलाई कृष्णले ३ गते नै आफूसँगै काममा लगे। तर ठकेदार भेटिएनन्। ठेकेदार नभेटिए पनि कृष्णले ठकेदारले १२ सय प्रतिदिन ज्याला दिन्छन् भन्दै कृष्णले काम गर्न सुझाए।
 
मगरले काम गरेको ६ दिनपछि वैशाख ८ गते बल्ल ठेकेदार साइटमा आइपुगे। उनले १२ सय नभइ ११ सय मात्र दैनिक ज्याला दिन सक्ने बताए।
 
वैशाख ९ गते ठेकेदार आफ्नो भाञ्जा सहित श्यामबहादुर मगरलाई ज्याला दिन साँझ ७ बजे कृष्णको कोठामा आइपुगे। कोठामा आएका ठेकेदारलाई मासु खुवाउन कृष्णले मगरलाई ५ सय दिएर मासु किन्न पठाए। अनि चारै जना सँगै बसेर मासु र रक्सी पिए।
 
ठेकदारले यसैबीच श्यामबहादुर मगरलाई ६ दिनको ११ सयका दरले ६६ सय ज्याला दिए। तर ज्याला पाएपछि श्यामबहादुर खुसी भएनन्। उनले ज्याला कम भएको भन्दै अब काम गर्न नसक्ने बताए। उनले ६६ सय ज्यालाबाट कृष्णबहादुरको श्रीमतीलाई खाना खुवाएको खर्च भन्दै २५ सय दिए। अनि कोठाबाट बाहिरिए।
 
मगर बाहिरिएपछि कृष्णबहादुर ठेकेदार उनका भाञ्जा पनि पछि लागे। उनीहरुबीच थप विवाद भयो। रक्सी पिएका उनीहरुबीचको ज्यालाको विवाद बढ्दै गयो। वाद विवाद भयो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रारम्भिक अनुसन्धान अनुसार तारकेश्वर नगरपालिका पैँयुटार पुगेपछि कमेरे खोलाको डिलमा पुगेपछि मगरलाई तीन जनाले धकेलिदिए। अनि धारिलो हतियारले प्रहार गरे। निधार, टाउको र घाँटीमा चोट लाग्यो। उनको त्यहीँ मृत्यु भयो। उनलाई धकेल्ने तीनै जना भागे।
 
मगरको हत्यामा संलग्न रहेका भनिएका तीनै जना फरार रहेकोमा प्रहरीले कृष्ण विश्वकर्मालाई २९ गते पक्राउ गर्‍यो। उनलाई हाल महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ।
 
महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी सहकुलबहादुर थापाले हत्याको कारण अत्यधिक मादक पदार्थ सेवन पछि भएको झगडा देखिएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell