PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

​राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो



पहिलोपोस्ट

​राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो

काठमाडौँ : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णयबारे भारतले आन्तरिक मामिला भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको छ। 

नयाँ दिल्लीमा आज आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास स्वरुपलाई भारतको आधिकारिक धारणाबारे सोधिएको थियो। उनले भने, 'यो नेपालको आन्तरिक मामिला हो। तपाईँलाई थाहै छ यो विषयमा धेरै कुरा सार्वजनिक भइसकेको छ।'


मोदीको नेपाल आउने कार्यक्रम थिएन

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तिमा नेपालमा हुन लागेको बौद्ध सम्मेलनमा आउने कुनै कार्यक्रम नभएको बताए। 

सम्मेलनमा चिनियाँ सहभागिताका कारण भारतले सहभागिता नजनाउन लागेको हो भनी सोधिएको प्रश्नमा उनले भने, 'यो सही होइन, भारतको तर्फबाट उचित प्रतिनिधित्व हुनेछ।'

काठमाडौँस्थित भारतीय दूतावासका डिसिएमले मधेसी नेतालाई भेटेको बारे सोधिएको प्रश्नमा उनले आफूलाई केही जानकारी नभएको भन्दै टिप्पणी गरेनन्। कान्तिपुरमा छापिएको सो समाचारलाई पित पत्रकारिताको आरोप लगाउँदै भारतीय दूतावासले आज बिहानमात्रै तीन वटा ट्विट गरेको थियो। 


ग्यास नेपालले मागे जति दिएका छौँ

नाकाबन्दीका कारण नेपालमा आपूर्ति अवरोध भएको कुरा कोट्याउँदै अहिले आपूर्ति पूर्ण रुपमा सुचारु भइसकेको हो भनेर सोधिएको प्रश्नमा उनले भने, नाकाबन्दी भारतको कारणले हैन, नेपालकै कारणले भएको हो। 

उनले आपूर्तिमा कुनै अवरोध बाँकी नभएको भन्दै जिरो बोतलनेक्स रहेको बताए। एलपिजी ग्यासको आपूर्तिमा अवरोध भएको भन्ने रिपोर्टहरु आएको आफूले पनि सुनेको भन्दै प्रवक्ताले थपे, 'आपूर्तिमा कुनै समस्या छैन। एलपिजी नेपालले मागे जति दिएका छौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell