PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

फोटोमा हेर्नुस् एउटै मञ्चमा पाँच दलका माओवादीहरु

फोटोमा हेर्नुस् एउटै मञ्चमा पाँच दलका माओवादीहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : जनयुद्धका बेला एक ठाउँमा रहेको नेकपा माओवादी पार्टी समयक्रममा फुट्दै गयो। तर जनयुद्धकालीन मुद्दाहरुका विषयमा भने माओवादी नेताहरुको धारणा सँधै एक रह्यो। माओवादीबाट टुक्रिएर बनेका पाँच घटक शुक्रबार एकै ठाउँमा देखिए। नाम राखिएको थियो - पाँच दलीय संयुक्त समिति। कार्यक्रममा वृहत् शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु विषयमा माओवादीहरुले अन्तर्क्रिया गरे। कार्यक्रममा प्रचण्डले भने - ‘शान्ति प्रक्रिया विपरीत मुद्दाहरु उठाइन्छ, र अदालतको नियमित प्रक्रियाबाट अघि बढाइन्छ भने पहिला मलाई कारबाही गर्नुपर्यो, मबाट सुरु गर्नुपर्यो।‘


ट्रेन्डिङ पोस्ट

Ncell