PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

​४ दिनमा ४५ जना सगरमाथा शिखरमा



पहिलोपोस्ट

काठमाडौँ : सगरमाथा आरोहणको चौथो दिन आज थप तीन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।
     
दुई विदेशी र एक नेपालीसहित तीन आरोहीले सगरमाथा चढेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहण गर्नेमा नेपाली छिरिङ तेम्बा शेर्पा र फुतेम्बा शेर्पा तथा स्वीडेनी डेनिलय छन्।
     
यसअघि शुक्रबार १३ नेपालीसहित २७ आरोहीले सगरमाथा आरोहण गरेका थिए। बुधबारदेखि सगरमाथा आरोहण सुरु भएको थियो। पहिलो दिन नौ नेपाली आरोही सगरमाथाको चुचुरामा पुगेका थिए।
 
चार दिनका अवधिमा हालसम्म ४५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथा चढेका छन्। पर्वतारोहण शाखाका प्रमुख श्रेष्ठका अनुसार आज धेरै आरोही क्याम्प ४ नजिक पुगे पनि हावा चलेका कारण उनीहरु तलतिर फर्केका छन्। उनीहरु रातिदेखि पुनः सगरमाथाको चुचुरातर्फ लाग्नेछन्।
     
पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell