PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

​मन्दिर जान लागेका एकै परिवारका १५ जनाको दुर्घटनामा मृत्यु



पहिलोपोस्ट

​मन्दिर जान लागेका एकै परिवारका १५ जनाको दुर्घटनामा मृत्यु

हैदरावाद : महाराष्ट्रको एकै परिवारका १५ जनाको दुर्घटनामा मृत्यु भएको छ। ट्रक र अटो ठोक्किँदा भएको दुर्घटनामा मर्नेमा ७ बालबालिका र ५ महिलासमेत छन्।

ग्राभेल बोकेको तीब्र गतिमा कुदेको टिपरले १८ जना यात्रु बोकेर गइरहेको अटोलाई ठक्कर दिएको अदिलावाद जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट तरुण जोशीले जानकारी दिए

१४ जनाको घटनास्थलमै र एकको अस्पताल लैजाँदा लैजाँदै मृत्यु भयो। छिमेकी जिल्ला निजामवादको अस्पतालमा तीन घाइतेलाई लगिएको छ। जोशीका अनुसार मन्दिर जानका लागि परिवारले अटो भाडामा लिएका थिए।
फोटो : एएनआआईको ट्विट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell