PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

हराएको एक महिनापछि जापानको जंगलमा भेटियो नेपालीको शव



पहिलोपोस्ट

  • अनुपराज कँडेल-
टोकियो : जापानको इवाराकीमा परिवार सहित बस्दै आएका बुद्धि बहादुर गुरुङले आत्महत्या गरेका छन्। परिवारका सदस्यहरुका अनुसार एक महिना अघिदेखि परिवारका सदस्यहरुसँग सम्पर्क बिहीन भएर हराइरहेका गुरुङ मृत भेटिएका थिए। पहिचान गर्न नसकिने अवस्थामा भेटिएको शव डिएनए परीक्षण गर्दा गुरुङको भएको र उनले आत्महत्या गरेको खुलेको हो।
 
उनले के कारण आत्महत्या गरे भन्ने खुलेको छैन। एक छोरा एक छोरी र पत्नीसँगै जापानमै रहँदै आएका उनी एक महिनादेखि वेपत्ता थिए।
 
कास्कीको पोखरा ६ काँडे घर भएका गुरुङ ७ वर्ष जापान आएका थिए।
 
यसैबीच पहिचान खुलेपछि गुरुङको अन्तिम दाह संकार मे २२ मा ११ बजे गरिने बताइएको छ। दाहसंस्कार फुसे काशिवा चिवामा हुने उनका परिवार सदस्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell