
काठमाडौं : विश्वव्यापी रुपमा चुनौती दिइरहेको चिनियाँ स्मार्टफोन वान प्लस नेपाली बजारमा आएको छ। मूरारका समूहको आर्इ हब प्रालिले नेपाली बजारमा ल्याएको यो स्मार्टफोन प्रिमियम क्वालिटी र हार्इ परफरमेन्स हार्डवेयर भएको फोन हो।
मूरारका समूहले भारतीय स्मार्टफोन माइक्रोम्याक्स बिक्री गर्दै आएको छ। चिनियाँ स्टार्टअप कम्पनी जसले परम्परागत अवधारणालार्इ चुनौती दिँदै नयाँ प्रविधि र इन्नोभेसनलार्इ अघि बढाएको छ। यही कारण यो स्मार्टफोनले विश्वबजारमा छुट्टै छाप छोड्न सफल भएको छ। नेपालमा तत्कालका लागि अनलाइन सपिङ क्यामुबाट किन्न सकिने र केही समयभित्रै मुलुकका विभिन्न आउटलेटबाट वान प्लस किन्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाली बजारमा बिक्री सुरु भएको वान प्लस एक्समा मेटलसहित कालो सिसा छ जसले हातलार्इ प्रिमियम स्मार्टफोनको अनुभव गराउने कम्पनीले दावी गरेको छ। सिसा भएकाले यो फोन सफा गरेपछि अत्यन्तै सफा र चम्किलो देखिन्छ। यो अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका स्मार्टफोन समेत हो। यो स्मार्टफोन अक्सिजन अपरेटिङ एन्ड्रोइड फोन हो। एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम समेत भएको यो फोनमा ६.०.१मार्सम्यालोमा अपग्रेड गर्न सकिने कम्पनीले जनाएको छ। यो फोनमा क्वालकम र स्न्यापड्रागन ८०१,२.३ जिएचडी क्वाड कोर प्रोसेसर छ।
'नेपाली बजारका लागि मूल्य र गुणस्तरका आधारमा सबैभन्दा उत्कृष्ट फोन हो,' आइहबका निर्देशक शिरिष मुरारकाले भने, 'नेपालमा बिक्री भइरहेका स्मार्टफोनमा सबैभन्दा उत्कृष्ट फोन भएकाले अरु कुनैले प्रतिस्पर्धा गर्न सक्दैनन्।' यो फोनमा १६ जीबी आन्तरिक मेमोरी छ जसलार्इ १ सय २८ सम्म एक्सपान्ड गर्न सकिन्छ।
२५२५ एमएएच ब्याट्री रहेको यो फोनमा एकपल्ट चार्ज गरेपछि आठ घन्टासम्म कुराकानी गर्न सकिन्छ। यो फोन क्यामुमार्फत किन्दा २६ हजार ९ सय ९९ रुपैयाँमा पाइनेछ। बिक्री सुरु गरेको अवसरमा कम्पनीले छुट दिएको हो। यो फोनको मूल्य भने २८ हजार ९ सय हो।