PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

आशारामका समर्थकहरुले गरे तोडफोड र ढुंगामुडा, २०१३ देखि जेलमै रहेका उनले भने - कानुन अन्धो



पहिलोपोस्ट

आशारामका समर्थकहरुले गरे तोडफोड र ढुंगामुडा, २०१३ देखि जेलमै रहेका उनले भने - कानुन अन्धो

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा आशाराम वापुका समर्थकहरुले तोडफोडसहित उनको रिहाइको माग गरेका छन्। महिला हिंसा र यौन दुर्व्यवहारको विषयलाई लिएर आशाराम जेलमा रहेको महिनौं बितिसक्यो। उनका समर्थकहरुले पुलिस स्टेसनमा ढुंगा हान्नुका साथै चौकी नजिकै रहेका गाडी तोडफोडसमेत गरेका छन्। घटनामा परी ७ प्रहरी र आशारामका समर्थकहरुसमेत घाइते भएका छन्।

तीन दिनअघि मे १३ मा अदालतमा सुनुवाईका लागि ल्याइएका आशारामले भनेका थिए- कानुन अन्धो छ। उनले जोसुकैलाई पनि जेल पठाउने कानुन रहेको बताउँदै

सन् २०१३ यता चर्चित धर्मगुरु आशाराम जेलमा छन्। २०१३ को अगस्ट ३१ मा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनकै एक शिष्याले आफूमाथि यौन दुर्व्यवहार भएको प्रहरीमा उजुरी दिएपछि धनी धार्मिक गुरु जेल परेका थिए।

आशारामले आफू विरामी रहेको दावी गरेका छन्। 'म तपाईँहरुसँग कुरा गर्न चाहन्छु तर विरामी छु,' उनले पत्रकारहरुसँग भने। उनलाई अहिले सुरत जेलमा राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell