काठमाडौँ : मधेसकेन्द्रित र जनजातिसहित २७ दल आवद्ध संघीय गठबन्धनले गरिरहेको सिंहदरबार घेराउका क्रममा सोमबार दिउँसो माइतीघरमा केही समय झडप भएको छ। झडपका क्रममा प्रहरीको लाठीचार्जबाट पाँच प्रदर्शनकारीलाई चोटपटक लागेको छ। एक जनाको टाउकोमा चोट परेको छ।
प्रदर्शनकारीतर्फबाट पुलिसलाई ढुंगा हानिएपछि झडप सुरु भएको हो। प्रदर्शनकारीहरुले भने ढुंगा हान्ने व्यक्ति प्रहरी नै भएको आरोप लगाएका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
दुवै पक्ष संयमित भएपछि अहिले शान्तिपूर्ण घेराउ कायम छ।
घेराउ कार्यक्रम मंगलबार पनि जारी राख्ने र मंगलबारपछि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्नेबारे आज बस्ने गठबन्धनको बैठकले निर्णय गर्दैछ।
के हो माग ?
यसअघि तराईमा आन्दोलनरत दलहरुले उठाउँदै आएका मागमा केही मागहरु थपेर संघीय गठबन्धनले सरकारसमक्ष २६ बुँदे माग अघि सारेको छ। तराईमा २ प्रदेश हुनुपर्ने, निर्वाचन क्षेत्र बिभाजन गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति संविधानमा नै प्रष्ट पार्नुपर्ने लगायतका मागहरु त्यसमा छन्।२६ बुँदे माग विस्तृत पढ्न क्लिक गर्नुस्
२७ पार्टीको संघीय गठबन्धनले सिंहदरबार घेर्दाका २७ फोटो