PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मधेसी मोर्चा र कांग्रेस नेतालाई गच्छदारले भने- 'निर्वाचनका लागि सकारात्मक हुनुस्'



रासस

मधेसी मोर्चा र कांग्रेस नेतालाई गच्छदारले भने- 'निर्वाचनका लागि सकारात्मक हुनुस्'

विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन्।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराका गर्दै उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्छ,’ उनले भने, ‘मतदान प्रक्रियामा जानुअघिसम्म पनि यसका लागि प्रयास भई नै रहनेछ।’
 
संसदीय नियमावली सहमतिमा जारी भएको अवस्थामा सकारात्मक सन्देश जाने भएकाले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई उनले आग्रह गरे।
 
संविधानमा तोकिएबमोजिम संसदीय सुनुवाइ समितिको संख्या निर्धारण हुनुपर्ने उनको भनाइ छ। स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार भइसकेकाले कांग्रेस तथा मधेसी मोर्चालाई सकारात्मक हुन पनि उनले जोड दिए।
 
संघीय गठबन्धनको आन्दोलन सन्दर्भमा भने उनले थप खुलाएनन्। भने, ‘वार्ताबाट नै समस्याको समाधान हुने हो। त्यसका लागि सरकारले पटकपटक वार्तामा आउन आग्रह गरिरहेकै छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell