PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

कैटरिनासँगको ब्रेकअपपछि रणवीरले किने ३५ करोडमा नयाँ फ्ल्याट



पहिलोपोस्ट

कैटरिनासँगको ब्रेकअपपछि रणवीरले किने ३५ करोडमा नयाँ फ्ल्याट

बलिउड हिरो रणबीर कपुरले फ्ल्याट खोजिरहेको खबर पुरानो भयो। अहिले उनीबारे अर्कै सनसनी रुपमा फैलिएको खबर हो - रणवीरले किने नयाँ फ्ल्याट।

एक स्क्वायर फिटका लागि उनले १ लाख ४२ हजार भारु तिरेका छन् र उनको फ्ल्याटको कूल मूल्य हो ३५ करोड भारु! मुम्बईको पाली हिलमा उनले नयाँ फ्ल्याट फेला पारेका हुन्।

वास्तु पाली हिलको सातौं तल्लामा छ उनको फ्ल्याट। २ हजार ४ सय ६० वर्गफिट क्षेत्रफल रहेको उनको फ्ल्याटमा दुई पार्किङ स्लट पनि छ। सधै सुटिङमा व्यस्त रहने र विदेशतिर रहने भएकाले उनलाई घर खोज्न निक्कै कठिन भएको थियो। जुन ठाउँमा उनले फ्ल्याट किनेका छन् त्यहाँ धेरै बलिउडका हिरो-हिरोइनको घर पनि छ।

उनको फ्ल्याट खोजी कैटरिना कैफसँग ब्रेकअप भएदेखि नै सुरु भएको थियो। रणबीरमात्र होइन कैटरिना पनि अहिले नयाँ फ्ल्याट खोजीमा छिन्। कुनै समय यी दुवै सँगै बस्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell