PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

६० हजार वन क्षेत्रमा आगलागी, बर्दिया राष्ट्रिय निकुञ्जमा बढी क्षति



रासस

६० हजार वन क्षेत्रमा आगलागी, बर्दिया राष्ट्रिय निकुञ्जमा बढी क्षति

काठमाडौं : देशको विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको छ।
 
यसअघि वन विभागले ३ लाख ५० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागको तथ्यांकअनुसार सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्ज र सबैभन्दा कम कोसी टप्पु वन्यजन्तु आरक्षभित्रको वन क्षेत्रमा आगो फैलिएको छ।
 
बर्दिया राष्ट्रिय निकुञ्जमा १९ हजार ३ सय, बाँके राष्ट्रिय निकुञ्जमा १६ हजार ५ सय, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज २ हजार ६०५, शुक्लाफाँट वन्यजन्तु आरक्षण ६ हजार ८५४, चितवन राष्ट्रिय निकुञ्ज १८ हजार ६४०, कोसी टप्पु वन्यजन्तु आरक्षमा एक हेक्टर र खप्तड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन आगालागी भएको विभागका उपसचिव गोपालप्रकाश भट्टराईले जानकारी दिए।
 
आगलागी कम गर्न सम्बन्धित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षलाई निर्देशन दिइसकिएको उनले बताएका छन्। केही दिनयता देशका विभिन्न भागमा पानी परेपछि भने आगलागीमा केही कमी आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell