PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​चाउचाउको भरमा सिंहदरबारको आन्दोलन छेक्दै प्रहरी

​चाउचाउको भरमा सिंहदरबारको आन्दोलन छेक्दै प्रहरी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउमा सरकारले उच्च सुरक्षा तैनाथी गरेको छ। बिहान ११ बजे देखि साँझसम्म हुने कार्यक्रमका लागि बिहानैदेखि प्रहरीहरु खट्ने गरेका छन्।

आन्दोलनकारीसँग मुठभेडको खतराका बीच प्रहरीहरु आन्दोलनकारीलाई घेरा हालेर बस्छन्। आन्दोलन जारी रहँदा उनीहरु तैनाथ क्षेत्रबाट बाहिर जाने स्थिति समेत रहँदैन। यस्तोमा प्रहरीले खाना र खाजा खाने समय समेत पाउँदैनन्। यस्तोमा प्रहरीको दैनिकी चाउचाउ र साना जुसका प्याकेटहरुबाट  धानिने गरेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell