PahiloPost

Oct 18, 2025 | २ कात्तिक २०८२

प्रचण्डविरुद्ध मानहानीको मुद्दा



रासस

काठमाडौँ : न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ । 

अधिवक्ता दिनेश त्रिपाठीले आज प्रचण्डलाई विपक्षी बनाई दायर गरेको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा उनले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ। 

निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानि गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई कानुनअनुसार कारबाहीको माग गरिएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell