PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​दुर्घटनामा एकै परिवारका तीनसहित पाँच घाइते



रासस

रत्ननगर (चितवन) : चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।
 
सोमबार साँझ भरतपुर–१० स्थित ओरालोमा नारायणगढ जाँदै गरेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।  
 
पिकअप भ्यानले विपरीत दिशातर्फ जाँदै गरेको ग ४ प ३९१८ नम्बरको मोटरसाइकल र ना १७ प ५७२१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन्।
 
घाइते हुनेमा ३९१८ नम्बरको मोटरसाइकल चालक भरतपुर–१२ का ५० वर्षीय श्रीराम कट्टेल, उनकी श्रीमती ४५ वर्षकी नारायणी र छोरी सन्ध्या छन्। एउटै मोटरसाइकलमा रहेका तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 
यस्तै, स्कुटीमा सवार भरतपुरका स्थानीय १८ वर्षका विजय न्यौपाने र भरतपुर–७ का २० वर्षीय सुमाङ्कर भण्डारीसमेत घाइते भएको प्रहरीले जनाएको छ।
 
उनीहरु पाँचै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको र पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell