PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

कुबेत पुगेको हप्तादिनमै रहस्यमय मृत्यु



रासस

बाबियाचौर (म्याग्दी) : रोजगारीका लागि खाडीमुलुक कुबेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ।
 
एक हप्ताअघि मात्रै कुबेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजा मगरको मृत्यु भएको हो।
 
पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो। बिहान नउठेपछि उनीसँगै गएका नेपालीले परिवारलाई जानकारी गराएका थिए।
 
शवलाई जतिसक्दो छिटो नेपाल ल्याउन पहल गरिदिन परिवारले कुबेतस्थित दूतावास, सम्बन्धित म्यानपावर कम्पनी र सरकारसँग आग्रह गरेका छन्। विवाहित तिलीजाका दुई सन्तान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell