PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमाले उपाध्यक्ष शाक्य भन्छिन्- 'सरकारको विरोध गर्नु प्रतिपक्षको धर्म'



रासस

रुकुम : नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न खुट्टा कमाउन नहुने बताएकी छिन्।
 
नीति तथा कार्यक्रम जनमुखी भएकाले यसको कार्यान्वयन पनि उत्तिकै चुनौतीपूर्ण रहेको उनले बताइन्। ‘कार्यक्रम महत्वाकांक्षी भयो भनेर प्रतिपक्षले विरोध गर्नु उनीहरुको धर्म हो,’ पूर्व उद्योगमन्त्री समेत रहेकी शाक्यले भनिन् ‘नीति तथा कार्यक्रम संसद्बाट पारित भइसकेको छ। अब कार्यान्वयनका लागि सरकारले प्रभावकारी कदम चाल्छ।’
 
नेकपा (एमाले) रुकुमले मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको हत्यारालाई पत्ता लगाएर कारबाही गरेरै छोडिने बताइन्। चालक अमर लामाको पनि मृत्यु भएकाले दोषी पत्ता लाग्न अप्ठ्यारो भएको उनको भनाइ थियो।

जनताको बहुदलीय जनवाद अहिले पनि सही र सान्दर्भिक साबित भएकाले पनि नेकपा (एमाले)को लोकप्रियता बढ्दै गएको नेतृ शाक्यले दाबी गरिन्। संविधान कार्यान्वयनका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्नेमा उनको जोड थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell