PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमाओवादीका पूर्व सभासद्‍लाई अज्ञात समूहले मरणासन्न हुने गरी कुटे



रासस

एमाओवादीका पूर्व सभासद्‍लाई अज्ञात समूहले मरणासन्न हुने गरी कुटे

गौशाला : एनेकपा माओवादीकी पूर्वसभासद् बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ।
 
महोत्तरीको लक्ष्मिनियाँ गाविस–८ मा रहेको आफ्नै घरमा बसिरहेका बेला ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले जथाभावी कुटेको माओवादी नेता महादेव यादवले जानकारी दिए।
 
घरेलु हातहतियार र लठी-भाटा लिएर आएका ती व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको बताइको छ।
 
राति करिब १० बजेको समयमा उनीमाथि अन्धाधुन्ध आक्रमण भएको थियो। अहिले उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको माओवादी नेता पिकरु पासवानले बताए। पासवानका अनुसार महतो बोल्न समेत नसक्ने अवस्थामा छिन्।

महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन। 
(फोटो sajhapost.com बाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell