PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

​घाँटी थिचेर श्रीमतीको हत्या गर्ने अग्रवाल प्रहरी नियन्त्रणमा



रासस

सुरुङ्गा (झापा) : झापाको बिर्तामोडमा गएराति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
 
बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योतिको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए।
 
बिर्तामोड–५ स्थित हरि राजवंशीको घरमा डेरा गरी बस्दै आएका उनले के कारणले श्रीमतीको हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
हत्यामा संलग्न अग्रवाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell