PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कांग्रेस महामन्त्री कोइराला भन्छन्- 'सरकार गिराउने खेलमा पार्टी लाग्दैन'



रासस

कांग्रेस महामन्त्री कोइराला भन्छन्- 'सरकार गिराउने खेलमा पार्टी लाग्दैन'

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानीकेन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।
 
पत्रकार भेटघाटका क्रममा उनले अस्थिरताले प्रश्रय पाउने कुनै पनि माग सम्बोधन गरिनु नहुने धारणा राखे। ‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक हुँदैन,’ उनको भनाइ थियो।
 
पत्रकारले राखेको एक जिज्ञासामा उनले स्थानीय निकायको निर्वाचन राजनीतिक दलसँगको सहमतिबिना सम्भव नहुने बताए। ‘लोकतन्त्रमा जति धेरै निर्वाचन भयो त्यति नै लोकतन्त्र संस्थागत हुन्छ,’ उनले अर्को प्रसंगमा भने, ‘तर नेपाली कांग्रेस सरकार गिराउने खेलमा लाग्दैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell