PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चार महिनामा अफगानिस्तानबाट १ लाख १८ हजार नागरिक विस्थापित



रासस

चार महिनामा अफगानिस्तानबाट १ लाख १८ हजार नागरिक विस्थापित

संयुक्त राष्ट्रसंघ : अफगानिस्तानमा जारी द्वन्द्वको कारण चार महिनाभित्र एक लाख १८ हजार व्यक्ति विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादीहरुका अनुसार यस वर्षको सुरुदेखि चार महिनाबीचमा उक्त संख्याका मानिस विस्थापित भएका हुन्।
  
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अप्रिलमा मात्र २२ हजार चार सय जना विस्थापित भएका संयुक्त राष्ट्रसंघका प्रवक्ता फर्हान हकले बताएका छन्।
 
तालिवान लडाकुको समूहले अफगान सरकारसँग द्वन्द्व जारी राखेको १५ वर्ष पुगेको छ। अफगान सरकारलाई सहयोगस्वरुप तालिवानको युद्धमा होमिँदै आएका नेटो सैनिक पनि सन् २०१४ को अन्त्यबाट फर्किसकेका छन्।
 
गत वर्षको जनवरी १ बाट नेटोसँग आबद्ध सैनिकले अफगानिस्तानमा विद्रोही आतंककारी वा सशस्त्र लडाकुसँग प्रत्यक्ष युद्ध नगर्ने तर अफगानिस्तानी सेनालाई उपलब्ध गराइरहेको तालिम, युद्धकला प्रशिक्षण वा अन्य सामरिक सहयोगलाई भने निरन्तरता दिने पूर्वसर्तअनुसार यहाँ नेटोआबद्ध रिजोल्युट सपोर्ट सर्भिस (आरएस) सैनिक कार्यरत छन्।
 
यस प्रकारको नेटो गतिविधिलाई आरएस मिसन नामकरण गरिएको र मिसनअन्तर्गत करिब १३ हजार विदेशी सैनिक देशभर खटिएका छन्।
हाल अफगानिस्तानले इस्लामिक स्टेट (आइएस) समूहबाट पनि बढ्दो आतंक खेपिरेहेको छ। यसकारण पनि सुरक्षाकर्मी र सर्वसाधारण नागरिकको हताहती र विस्थापित संख्यामा वृद्धि भएको हो। ​(फोटो : telegraph.co.uk)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell