PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

'कालो पोथी'को मूल्य ३ करोड ८५ लाख!



पहिलोपोस्ट

'कालो पोथी'को मूल्य ३ करोड ८५ लाख!

काठमाडौं : २३ वटा विदेशी फिल्म फेस्टिभलमा सहभागी जनाएको र भेनिस फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अन्तर्गत बेस्ट फिल्मको अवार्ड जितेको 'कालो पोथी'को नयाँ ट्रेलर सार्वजनिक भएको छ।

द्वन्द्वकालीन अवस्थाको कथा बोल्ने सो फिल्मको ट्रेलरमा सेतो कुखुरा देखाइएको छ, 'कालो पोथी'को कुनै संकेत दिइएको छैन।

मीनबहादुर भाम निर्देशित कालो पोथीमा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, बेनिशा हमाल, विपीन कार्की लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म जेठ २१ देखि नेपाली हलहरुमा लाग्दै छ।

छिरिङरितार शेर्पाको टिमले निर्माण गरेको फिल्मको लागत ३ करोड ८५ लाख रहेको दाबी गरिएको छ। यसअघि पनि फिल्मको अर्को ट्रेलर रिलिज भएको थियो।

हेर्नुस् नयाँ ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell