PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वाणिज्य मन्त्रीको सम्पत्ति : १०५ तोला सुन, १५ सय तोला चाँदी, २ करोड नगद



रासस

वाणिज्य मन्त्रीको सम्पत्ति : १०५ तोला सुन, १५ सय तोला चाँदी, २ करोड नगद

काठमाडौं : वाणिज्य मन्त्री जयन्त चन्दसँग १०५ तोला सुन, १ हजार ५ सय तोला चाँदी र झन्डै २ करोड नगद रहेको खुलेको छ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको सम्पत्ति विवरणअनुसार  उनीसँग ४ थान हिरा पनि छ। सिद्धार्थ, एभरेस्ट र हिमालयन बैँकमा १ करोड ९५ लाख ४९ हजार ३०५ मौज्दात र विभिन्न बैंक तथा संस्थाका ६३६ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ। उनीसँग सवारी साधनका नाममा एक मारुती सुजुकी कारसमेत छ।

उनकी श्रीमती र छोरीका नाममा भने काठमाडौँ र ललितपुरमा दुई रोपनी चार आना जग्गा रहेको विवरणमा उल्लेख छ।

पिता लोकेन्द्रबहादुर चन्दका नाममा भने भक्तपुरको मध्यपुर थिमिमा एक रोपनी ११ आना दुई पैसामा बनेको घर रहेको सम्पत्ति विवरणमा जनाइएको छ। 

Page 1 of Jchanda
Page 1 of Jchanda



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell