
बलिउडका सुपरस्टार सलमान खानलाई दिउँसो घाममा बाहिर ननिस्किन डाक्टरहरुले सुझाव दिएका छन्। उनको बहुप्रतीक्षित फिल्म सुल्तानको प्रमोसन गर्ने चर्को समयमा उनलाई केही दिनका लागि बाहिर ननिस्किन उनका डाक्टरहरुले सुझाव दिएका हुन्। उनलाई एयर कन्डिसनरमा रहन समेत सुझाव दिइएको छ। डाक्टरहरुले उनलाई किन यस्तो सल्लाह दिए होलान भन्ने खुलदुली पक्कै लागेको होला होइन?
उनका फ्यानहरुले आत्तिनु पर्दैन किनकि उनलाई कुनै ठूलो रोग लागेको छैन। न त शरीरका कुनै अंग फ्याक्चर नै भएको छ। खासमा सलमानको तालु खुइलिँदै गएको छ। उनको हेयर ट्रान्सप्लान्ट हुँदैछ। त्यसका लागि डाक्टरहरुले उनलाई उनको पनभेल फार्म हाउसमा रहन सुझाव दिएका हुन्।
हेयर ट्रान्सप्लान्टका लागि उनी फार्महाउसमा बस्नेछन्। चर्को घामले उनको टाउकोमा रौ ट्रान्सप्लान्ट गर्न कठिन हुन्छ।
सलमानको कपाल अहिले पहिलोपटक ट्रान्सप्लान्ट गर्न लागिएको भने होइन। सन् २००३ मा नै र पछि सन् २०१२ मा उनको हेयर ट्रान्सप्लान्ट गरिएको थियो।
सलमानको टाउकोमा कपाल रोप्न दुवईदेखि डाक्टरहरु आइपुगेका छन्। सलमान खानको उपचारमा डाक्टरसँगै उनकी आमा सलमा र गर्लफ्रेन्ड लुलिया भेन्चरसँगै रहने छन्।