PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

​युवा संघको मधेस केन्द्रित दललाई आन्दोलन टुलु टुलु हेरर नबस्ने चेतावनी



पहिलोपोस्ट

​युवा संघको मधेस केन्द्रित दललाई आन्दोलन टुलु टुलु हेरर नबस्ने चेतावनी

काठमाडौँ : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मधेस केन्द्रित दलहरुको राजधानीमा भइरहेको आन्दोलनलाई प्रतिकारको चेतावनी दिएको छ।

आन्दोलनका क्रममा राजधानीमा विद्यार्थीको निर्मम कुटाई भएको उल्लेख गर्दै युवा संघले भनेको छ - 'यस्ता हर्कत आन्दोलनकारीले नरोके युवा संघ नेपाल टुलुटुल हेरेर नबस्ने चेतावनी दिन चाहान्छ।'

युवा संघका अध्यक्ष राजीव पहारीले जारी गरेको विज्ञप्तिमा मधेस केन्द्रित दलहरुको आन्दोलन राष्ट्रियता विरोधी रहेको भन्दै बल प्रयोग गरेर भए पनि रोक्न सरकारलाइ सुझाइएको छ।

'आन्दोलनमा विदेशीलाई प्रयोग गर्ने, सार्वजनिक गाडी तोडफोड गर्ने जस्ता राष्ट्रियता विरोधी आन्दोलनलाई तत्काल बल प्रयोग गरेर भए पनि रोक्न युवा संघ नेपाल सरकारसँग आग्रह गर्छ।'
 

यस्ता छन् आरोप

युवा संघले तराई मधेसको आन्दोलन विदेशीको बुई चढेर राष्ट्रिय स्वाधिनताको मुद्धा कमजोर बनाउने खेलोमेलोको रुपमा भइरहेको अर्थ्याएको छ। साथै आफ्नो संघले त्यही भ्रम चिर्न तराई मधेसमा आफ्नो गतिविधि सक्रिय तुल्याएको समेत दावी गरेको छ।

साथै तराई मधेसको आन्दोलन असफल भएपछि अहिले नयाँ संविधानलाई समाप्त गर्ने खेलोमेलोमा लागेको समेत युवा संघले आरोप लगाएको छ।

'देशमा अस्थिरता र अराजकता मच्चाउने अनि विदेशीको क्रिडास्थल बनाउने र अन्त्यमा नेपाललाई विभाजित गराउने ध्याउन्नमा समेत लागेका छन्। त्यो कुराको झन् पुष्टि उनीहरुको अराजकतापूर्ण राजधानी केन्द्रित आन्दोलनले गरेको छ।'

विज्ञप्तिमा आन्दोलनबाट उपत्यकाका जनतालाई दुख दिने काम गरिएको भन्दै तत्काल आन्दोलन फिर्ता लिन समेत आग्रह गरिएको छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell