काठमाडौं : मधुर शैलीमा मन्द मुस्कान सहित दर्शकलाई हसाउन खप्पिस छन् प्रधानमन्त्री केपी शर्मा ओली। त्यसैले प्रम ओलीका भाषणहरु निक्कै रोचक र घोचक हुन्छन्। त्यसो त उनलाई उखान टुक्का सुनाउने प्रधानमन्त्री भएको आरोप पनि लाग्ने गर्छ।
विकासका विषयमा उनले भाषण दिँदा नेपाली समाजमा व्यङ्ग्य बन्ने गर्छ। ओलीले जानीजानी या अन्जानमै विकासका ठूलाठूला कुरा गरिरहँदा त्यसको धरातलीय यथार्थ भने उल्टो दिशामा हुने गर्छ।
ग्यास नपाएर हाहाकार भोगिरहेका जनतासामु ओली भन्छन - सिलिन्डर कुर्न पर्दैन पाइपबाट घरघरमा ग्यास पुग्छ। माइक्रोमा कोचियर र झुन्डिएर यात्रा गरिरहेका यात्रुले त्यहीँ रेडियोमा सुन्छन् - मेट्रो र रेल बन्नेछ।
उनले हुन नसक्ने भाषण गर्दैनन्। ती सबै सम्भव छन् - गरेमा। मंगलबार ओलीले फेरि त्यस्तै भाषण दिए जुन सामाजिक सञ्जालमा व्यापक हाँसोको विषय बन्यो।
प्रधानमन्त्री अध्यक्ष रहेकै पार्टी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्ने क्रममा थिए ओली। उनले नेपालले आफै पानी जहाज किनेर सामान ढुवानी गर्ने सुनाए।
सुन्नेहरुमा हाँसोको फोहरा छुट्यो। कुरो त्यतिमै रोकिएन। सामाजिक सञ्जालमा पनि व्यापक भयो उनका भाषण र त्यसपछिका प्रतिक्रियाहरु। प्रधानमन्त्रीले जहाज संचालन गर्ने भनेपछि ट्विटर र फेसबुकमा लेखिएका केही व्यङ्ग्यात्मक टिप्प्णी:
यहाँ पानीजहाजका पाङ्ग्रा, टायर, टिउ पाउनुका साथै नयाँ/पुराना पानीजहाजहरु पनि पाइन्छ। _प्रो. ओल्बा
— iDiot (@ThuloKeto) May 17, 2016
ए हजुर कता
— तिखे (@drpnudn2) May 17, 2016
पानी जहाज यता 😂😂 pic.twitter.com/7VfUKlQBbC
हाँसो थामिएन जो हेर्नुस। :D pic.twitter.com/kM0KbCb8nb
— म जुजुमान (@ma_jujuman) February 7, 2015
हावाबाट बिजुली र राजधानीमा द्रुत गतिको रेल सेवापछि हिन्द महासागरमा राष्ट्रिय ध्वजावाहक पानीजहाज चल्नेभएछ। प्रिय तिमी आऊ र मलाई चिमोठ एकपटक।
— Gani Ansari (@ansarigani) May 17, 2016
नेपाली पानी जहाजको बन्दर्ग्राह सम्म जान जहाज रिजर्व गरेर हिंडेको पहिलो नेपाली टोली pic.twitter.com/SYdgPIhO6u
— सुश्रुत धिताल (@Syartang) May 17, 2016
पानी जहाज चढ्न तछाड मछाड गर्दै एक हुल। pic.twitter.com/ojRrcQClOF
— शराफत अलि (@politico_t) May 17, 2016
प्रमले रेल/पानीजहाज दिनुभन्दा पहिले काठमाण्डौ लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि?फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ!
— Baburam Bhattarai (@brb_laaldhwoj) May 17, 2016
आज जाहाज खाली भयो, कमाइ तेति भएन हेर्नुस । pic.twitter.com/wtrBgSW4V3
— सुदिप खतिवडा (@ghantauke_don) May 17, 2016
पानी जाहाजको लाइसेंस ट्रायलमा फेल भएको निरास युवा । pic.twitter.com/6i0I4KOUCx
— Amit Jha (@moterwala11) May 17, 2016
पानीजाज् चढ्न लामबद्ध भएर उभिएका युवाहरु ~~~!!
— Deepak Sir (@deepaksir) May 17, 2016
तस्वीर श्रोत फोटोमै छ pic.twitter.com/VR3u5rGAp5
जहाजबाट खसेर पनि बाँच्न सफल एक वीर नेपाली ! pic.twitter.com/5iOva3Y9Mb
— सोझो चोर™ (@sojho_chor) May 17, 2016
नेपाली झण्डा सहितको जहाज चढ्नेको लाइन 😄 pic.twitter.com/XJ2sTiWPSO
— iDiot (@ThuloKeto) May 17, 2016
पानि जहाज आउने भएपछी खुसि हुदै समुन्द्रमा नाच्दै एक केटि 😂😂😂 pic.twitter.com/gdDKAQth7p
— सानुमाया (@iSanumaya) May 17, 2016
मेलम्ची भन्दा पहिले पानी जहाज अाउला जस्ताे छ नेपालाँ ।
— Niraj Paudel (@PaudelNiraz) May 17, 2016
हाम्रा प्रधानमन्त्री ले रानिपोखरीमा पानी जहाज हाल्ने रे जमल बाट रत्नपार्क सम्म सामान ओसारपसार गर्न 😀😀😀😀😊
— तनहुँको शैलेस® (@mishrakancho1) May 17, 2016
नेपाली झण्डा राख्न खाली पोल लिएर आउँदै गरेको पानीजहाज 😂😂😜 pic.twitter.com/sjYLpmnjhz
— R R Parajuli (@rrp447) May 17, 2016
गुड्यो, पानी जहाज गुड्यो :) pic.twitter.com/I37NME8E16
— सोझो चोर™ (@sojho_chor) May 17, 2016
गुड्यो, पानी जहाज गुड्यो :) pic.twitter.com/I37NME8E16
— सोझो चोर™ (@sojho_chor) May 17, 2016
गर्लफ्रेन्डको लागी पानी जहाज हाईज्याक गरेर तहल्का मच्चाउने ठुलो ईच्छा छ हनुम्यानजी😂
— Sujan Khatri (@Sujank14) May 17, 2016
चुच्चे रेलमा जन्ती लेर जाउँला भन्दै थिएँ अब पानी जहाज नै आउने भएछ । द्धिविधामा परें........रेलमा जाउँ कि पानी जहाजमा ? :D
— जुझारु केटी (@GitaChimoriya) May 17, 2016
पानी जहाज मा स्टुडेन्ट कार्ड मा डिस्काउन्ट पाइन्छ होला नि😂
— सुमन पराजुली (@sumanparajuli05) May 17, 2016
पानी जहाज चड्न पाउनि खुशीले रमाउँदै केहि युवा!! :)) pic.twitter.com/YenumYy4tn
— आर्यपुत्र!!! (@beingccr) May 17, 2016