PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

तीन मोटरसाइकल जुध्दा चार जनाको ज्यान गयो



रासस

गोलबजार (सिरहा) : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित भोटियाटोलमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। घाइते एक युवकको अवस्था गम्भीर छ।
 
दुर्घटनामा मृत्यु हुनेमा गोलबजारका विवेक सिंह, सप्तरी गम्हरिया–३ का लक्ष्मण राम, असनपुर–७ का रामआशीष पासवान र लहान नगरपालिका–८ का नुजा सदाय रहेका छन्। घाइते भएका बल्कवा गाविसका सर्बेस गोसाईको लहानमा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।  

गएराति साढे ९ बजेतिर स ३ प १६० र स ३ प ९२०८ नम्बरको मोटरसाइकल जुधेलगत्तै अर्को स २ प ६७ नम्बरको मोटरसाइकल पनि ती दुई मोटरसाइकलमा ठोकिएको थियो।
 
तीनै मोटरसाइकल क्षतिग्रस्त बनेका छन्। मृतक चारै जनाको शव परीक्षणका लागि लहान–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell