PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पूर्वसभासद् महतोलाई कुटपिटको आरोपमा तीन पक्राउ



रासस

महोत्तरी : एनेकपा (माओवादी) की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 
इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई घरबाटै हिजो पक्राउ गरेको हो।
 
पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।
 
उनीहरुले सोमबार राति घरेलु हतियार प्रयोग गरी महतोलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। गाँउका दुई समूहबीच लामो समयदेखि चल्दै आएको एक विवाद समाधान गर्ने क्रममा महतोको भूमिकाप्रति असन्तुष्ट उक्त समूहले आक्रमण गरेको स्थानीयवासीले बताएका छन्।
 
पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ का तर्फबाट समानुपातिकतर्फबाट सभासदमा चुनिएकी थिइन्। हाल उनी वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादीको केन्द्रीय सदस्य रहेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell