PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

राप्रपा नेपाल ललितपुरको जिम्मा प्रधानलाई



पहिलोपोस्ट

राप्रपा नेपाल ललितपुरको जिम्मा प्रधानलाई

काठमाडौं  : राप्रपा नेपालले विघटित ललितपुर जिल्ला कार्यसमितिको अध्यक्षको जिम्मेवारी बाबुकाजी प्रधानलाई दिएको छ।

पार्टीको हित र एकता विपरित काम गरेको भन्दै ३ दिनअघि बिघटन गरेको ललितपुर जिल्ला कार्यसमितिको तदर्थ समितिको अध्यक्षको जिम्मा प्रधानलाई दिएको हो। 

यसअघि जेठ २ गते बसेको राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठकले पार्टीको बृहत्तर हित र एकता विपरित छुट्टै भेलाको आयोजना, गर्ने, पटक पटक सचेत गराउँदा पनि अटेर गर्ने कार्यमा संलग्न ललितपुर जिल्ला कार्य समितिलाई विघटन गर्ने निर्णय गरेको थियो।

त्यसै दिन नयाँ समिति गठन गर्नका लागि बागमती अञ्चल संयोजक बाबुकाजी प्रधानलाई त्यस जिल्लामा रहेका केन्द्रीय सदस्यहरुसँग परामर्श गरी आगामी तिन दिनभित्र सिफारिस गर्न निर्देश गरेको थियो।

राप्रपा नेपालले तीन दिनपछि उनै प्रधानलाई जिल्ला कार्यसमितिको अध्यरक्षको जिम्मेवारी दिएको हो। 

राप्रपा नेपालले कारबाही गरेका नेता केशरबहादुर विष्टलाई समर्थन गरेको आरोपमा ललितपुर जिल्ला समितिलाई कारबाही गरेको हो। राप्रपा नेपालले विष्टलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्नुका साथै उनका छोरा विराज विष्टलाई सहायक मन्त्रीबाट फिर्ता बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell