PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा



रासस

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

रत्ननगर (चितवन) : पहिरोका कारण मंगलबारदेखि आंशिक सञ्चालनमा आएको मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

आज बिहान पहिरो हटाएपछि आवागमन सहज बनेको हो। सडक सुचारु भएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 
साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो। वर्षासँगै चण्डीभञ्ज्याङ–९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेको थियो। पहिरोका कारण अवरुद्ध सडक राति १० बजेदेखि एक्साभेटरको सहयोगमा एकतर्फी मात्रै सञ्चालन गरिएको थियो।
 
सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउनेबित्तिकै यहाँ पहिरो खस्ने समस्या छ। हप्ता दिनको अन्तरालमै यहाँ दुईपटक पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell