PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ट्रयाक्टरले लियो दुई जनाको ज्यान



रासस

सिन्धुली : सिन्धुलीको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
 
सिन्धुलीको भद्रकाली४ मा हाते ट्रयाक्टर र कमलामाई नगरपालिका१० मा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
भद्रकाली४ कुसुमटारमा हाते ट्रयाक्टरबाट खेत जोत्ने क्रममा कमलामाई नगरपालिका४ ऐँसेलुजङ्गार निवासी२३ वर्षका कृष्णकुमार सार्कीको ज्यान गएको हो।

कुसुमटारमा जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको हाते ट्रयाक्टरले पदमबहादुर कामीको खेत जोत्ने क्रममा सार्कीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिए। ट्रयाक्टर एक्कासि माथि उठेपछि खुट्टाले थिच्न खोज्दा उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस्तै सिन्धुलीको भिमानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको ट्रयाक्टर कमलामाई नगरपालिका१० माईस्थानमा दुर्घटना हुँदा रानीचुरी१ निवासी १८ वर्षका विजय पाख्रिनको ज्यान गएको छ। ढुङ्गा लिएर आउँदै गरेको ना ४ त ९१३८ नम्बरको ट्रयाक्टर उकालोमा ब्रेक फेल हुँदा सडकबाट २५ फिट तल खसेको प्रहरीले जनाएको छ।
 
धेरै सामान भएका कारण ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीको भनाइ छ। फरार चालकको खोजी कार्य भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell