PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गर्मी छल्न कार्यकर्ताले ओढाए छाता, यसरी पोखियो नेता-प्रेम

गर्मी छल्न कार्यकर्ताले ओढाए छाता, यसरी पोखियो नेता-प्रेम

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : दुई दिन सिंहदरबार अनि एक दिन बालुवाटार घेराउ गरेको २९ दलीय संघीय गठबन्धनले बुधबार राजधानीमा विरोधसभा गर्‍यो। विरोधसभामा गठबन्धनका शीर्ष नेताहरु उपस्थित थिए। जेठको गर्मीका बीच उनीहरुलाई छाता ओढाइदिने भने कार्यकर्ता थिए। राजधानीको शान्तिवाटिकामा कुर्सीमा बसेका नेतालाई कार्यकर्ताहरुले छाता ओढाएर शीतलता प्रदान गरे।

सभाअघि गठबन्धनले र्‍यालीसमेत निकालेको थियो। आजैको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन चर्काउने निर्णय गरिसकेको छ।

राजधानीकेन्द्रित आन्दोलनमा गठबन्धनले जेठ ६ गते ललितपुरको लगनखेलमा, ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुरको न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ।
 
त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा जनप्रदर्शन हुने गठबन्धनले जनाएको छ। १७ गते पोखरामा पनि तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शनको कार्यक्रम तोकिएको तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले जानकारी दिए। 
 
राजधानीकेन्द्रित आन्दोलनका क्रममा दुई दिन सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले आज शान्तिबाटिकामा कोणसभाको आयोजना गरेको थियो। 
 


ट्रेन्डिङ पोस्ट

Ncell