PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

छुरी हानेर फरार बुढाथोकी १४ वर्षपछि प्रहरीको फन्दामा



पहिलोपोस्ट

काठमाडौं : ज्यान मार्ने मुद्दामा फरार एक पुरुष घटनाको १४ वर्षपछि प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्ने काठमाडौं सीतापाइला १ का ४८ वर्षीय कृष्णराम बुढाथोकी हुन्। उनलाई आज कलंकीबाट पक्राउ गरिएको हो।
 
बुढाथोकीले ०५९ फागुन १ गते कुपन्डोलस्थित हनुमानथान नजिक बागमती पुलमा धनुषा धारापानीका विनोद शाही तेलीलाई छुरी हानी गम्भीर घाइते बनाएका थिए। घटनापछि मनोज शाह तेलीले बुढाथोकीविरुद्ध किटानी जाहेरी दिएका थिए। तेली त्यस बेला कुपन्डोलमै बस्थे।
 
अभियुक्त बुढाथोकीलाई ललितपुर जिल्ला अदालतले ज्यान मार्ने मुद्दाअन्तर्गत २०७० असार २७ गते पाँच वर्ष कैद ठहर गरेको थियो। उनी कैद भुक्तान नगरी त्यसयता फरार थिए।
 
पक्राउ बुढाथोकीलाई आजै ललितपुर जिल्ला अदालत बुझाई नख्खु कारागार पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell