PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? अब मोबाइल एपले दिनेछ सब जानकारी



रासस

​वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ? अब मोबाइल एपले दिनेछ सब जानकारी

काठमाडौँ : सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ। गैरआवासीय नेपाली सङ्घ(एनआरएन), द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले आज सार्वजनिकीकरण गरे। 

एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने, श्रव्य, दृष्य, फेसबुक लिङ्क तथा लिखित सामग्री संलग्न छन्। 

वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई विदेशको यात्रा, कामको अवधि सुरक्षित बनाउन सहयोग गर्ने सामग्रीसमेत एपमा छन्। 

एपमा कामदारको अधिकार, श्रम स्वीकृति, निवेदन प्रक्रिया, विदेशमा काम गर्दा गर्न हुने र नहुने कार्य तथा महिला कामदारप्रति लक्षित सामग्री समावेश छ। 

हाललाई नेपाली सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका मुलुक कतार, मलेसिया र साउदी अरबकाबारेमा विस्तृत जानकारीसमेत एपमा समावेश गरिएको छ। 

मन्त्री बोहराले एपले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे। 

उनले सबै नेपालीको हातमा एन्ड्रोइड मोबाइलको पहुँच नपुगेको वर्तमान अवस्थामा यो एपको प्रयोगलाई अझ कसरी सरलीकृत गर्ने भन्नेमा ध्यान दिन सुझाव दिए। 

एनआरएनका अध्यक्ष घलेले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका सन्दर्भमा त्यसलाई सुरक्षित बनाउन एप सहयोगी हुने बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell