PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

​विद्यालय र स्वास्थ चौकी निर्माणमा ५० लाख सहयोग



पहिलोपोस्ट

काठमाडौँ : अमेरिकाको बाल्टिमोरमा मूख्यालय रहेको एउटा अमेरिकन फाइनान्सियल कम्पनी क्यापिटल फन्डिङ ग्रुपले भूकम्पबाट क्षतिग्रस्त, नुवाकोटको विद्यालय पुनर्निर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

सहयोग रकम भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको कविलास गाविस—२ को श्री कविलास माध्यामिक विद्यलाय र अधरबोट स्वास्थ्य सेवा विकास कार्यक्रममा खर्च हुनेछ। विद्यालयको पुर्ननिर्माणमा ३५ लाख र अधरबोट स्वास्थ्य सेवा विकास कार्यक्रममा १५ लाख खर्च गर्ने ग्रुपले जनाएको छ।

अमेरिकामा, संयुक्त परिवार र स्वास्थ्य सुरक्षाको विषयमा काम गर्दै आएको संस्थाका संस्थापक ज्याक ड्यरले, नेपालका भूकम्प पीडित समुदायलाई सहयोग गर्न पाएकोमा अत्यन्तै खुसी लागेको बताए।

ड्यरले, क्यापिटल फन्डिङ कम्पनीमै कार्यरत सहकर्मी पुष्पा सुवेदीबाट नेपालमा भूकम्पबाट पुगेको क्षति र पुनर्निर्माणबारे थाहा पाएको बताए। 'प्रत्यक्ष रुपमा पीडितसम्म पुग्ने गरी प्रभावित क्षेत्र छनोट गर्न पाएकोमा खुसी लागेको छ', उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell